Bishal Ranamagar's profile

रावण बध

रावण बध
पश्चिम नेपालकाे बाँके जिल्लाकाे सदरमुकाम नेपालगन्जमा १ सय ५१अाैं वर्ष देखी रामलिला मन्चन गरिँदै अाएकाे छ । दशैंकाे घटस्थापनादेखि टिकाकाे दिनसम्म अायाेजना हुने रामलिलाकाे अन्तिम दिन रावणकाे बध सहित भव्य मेलासमेत हुन्छ । रामलिला मन्चन हुने भएकाले त्यस ठाउँलाइ रामलिला मैदान नामाकरण गरिएकाे छ । रामलिलाकाे अन्तिम दिनकाे रावण बधलाइ याे फाेटाे कथामा प्रस्तुत गरिएकाे छ । 
बिशाल रानामगर
बडादशैंको दिन, नेपालगन्जको रामलिला मैदान हजारौं मानिसको जमघटले भिडभाड थियो । करिब ३० फिट अग्लो रावणको प्रतिमा मैदानको दक्षिण भागमा ठड्याइएको थियो । बाँस, कपडा र कागजको सम्मिश्रणमा बनाइएको रावणको प्रतिमालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेहरुको भिडभाड पनि उल्लेख्य मात्रामा थियो । रावणको प्रतिमाको दाहिनेतिर बनाइएको मन्चमा रामलिलाको अन्तिम लडाईको क्षणलाई अयोध्याबाट आएका कलाकारहरुले मन्चन गरिरहेका थियो । सुरक्षा व्यवस्थामा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली भिडलाई सम्हाल्न लागिपरेका थियो । 
यो साँस्कृतिक विविधताको नगरी रामलिला मैदानमा मन्चन भएको रामलिलाको अन्तिम दिनको दृश्य हो । पहिल्लो १ सय ५० वर्षदेखि निरन्तर रुपमा हुँदै आएको रामलिलाका कारणनै त्यो ठाउँको नामनै रामलिला मैदान भएको हो । जहाँ १ सय ५० वर्षदेखि निरन्तर रुपमा रामलिलाको मन्चन हुँदै आएको छ । 
रामद्धारा रावणको बध गरिने दशैं टिकाको दिनलाई विशेष दिनका रुपमा मानिन्छ । रामले रावणलाई बध गरेपछिको दृश्य त्यस सँगै गरिने आतिसवाजीले धेरैंलाई मनोरन्जनका साथै धार्मिक संस्कारको बारेमा जानकारी पनि दिने गरेको छ । 
रामलिला मेला व्यवस्थापनमा खटिएका रमेश कुमालले यस वर्ष १ सय ५१ वर्षमा निरन्तर रामलिला मन्चन भएको जानकारी दिए । कुमालले नेपालगन्जमा आयोजना हुने रामलिलाले असत्य माथि सत्यको जीतको सन्देश प्रवाह गर्ने गरेको बताए । हजारौंको संख्यामा रामलिला हेर्न आउनेहरुको व्यवस्थापनमा खटिएका कुमालले रामलिला एउटा कार्यक्रममात्र नभएर बाँकेवासीको पहिचानको विषय पनि भएको बताए । 
रामलिलाको अन्तिम दिन मन्चमा रावणको बधको दृश्य सकिएपछि रावणको प्रतिमा बनाइएको ठाउँमा राम, लक्ष्मण र हनुमानको भूमिकामा रहेका कलाकारहरु आए ।
त्यस अघिनै प्रतिमा बनाउन खटिएका कलाकारहरुले रावणको प्रतिमा सहज जलनको लागि त्यसमा प्रज्ववलनशिल पदार्थ हालि सकेका थिए । रामको भूमिकामा रहेका कलाकारले प्रतिमाको परिक्रमा गरिसकेपछि आफ्नो वाण प्रहार गरेपछि रावणको मुख बाट आगो बल्यो र केहीबेरमा प्रतिमा जलेर भष्म भयो ।
यो रावणको प्रतिमा जलेपछि त्यस वरपर भएकाहरुले आफ्नो मोबाइल क्यामेराबाट फोटो र भिडियो खिच्न तछाडमछाड गरिरहेका थिए । भने सयौंको संख्यामा आतिसवाजी पनि गरिएको थियो । 
नेपालगन्जको पहिचानको रुपमा रहेको रामलिला बडादशैंसँगै सकिएको छ । अब आउने साल पुनः १ सय ५२ औं रामलिलाको रौनक यो भन्दा पनि अझ वृहत हुने आशा सबैमा छ । 
रावण बध
Published:

रावण बध

Photostory about the Ramleela (drama) performed in Nepalgunj.

Published:

Creative Fields